सुनको मूल्यले नयाँ कीर्तिमान राख्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?
प्रकाशित:
२०७९, १२ माघ

काठमाडौं, १२ माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान राख्ने क्रम जारी रहेको छ । गत मंगलबार मात्रै सुनको मूल्यले नयाँ कीर्तिमान राख्दै प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो ।
आज (बिहीवार) सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर उक्त कीर्तिमानलाई तोडेको हो । बुधबार तोलामा एक सय रुपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
