सुनको मूल्यले नयाँ कीर्तिमान राख्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०७९, १२ माघ

काठमाडौं, १२ माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान राख्ने क्रम जारी रहेको छ । गत मंगलबार मात्रै सुनको मूल्यले नयाँ कीर्तिमान राख्दै प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो ।

आज (बिहीवार) सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर उक्त कीर्तिमानलाई तोडेको हो । बुधबार तोलामा एक सय रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।

प्रतिक्रिया