भारतमा आज ७४औं गणतन्त्र दिवस
अखबार टुडे
प्रकाशित:
२०७९, १२ माघ

काठमाडौं, १२ माघ (एजेन्सी) । भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदैछ । भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने छन् ।

बेलायतको साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ ।

भारत सन् १९४७ को अगस्ट १५ तारिखमा स्वतन्त्र भएको थियो । सन् १९५० को जनवरी २६ मा संविधान लागू भएपछि भारतलाई गणतन्त्रात्मक देश घोषणा गरिएको थियो ।

प्रतिक्रिया