बक्सिङमा सुष्माले जितिन् ऐतिहासिक रजत पदक
अखबार टुडे
प्रकाशित:
२०७९, १२ माघ

काठमाडौं, १२ माघ । थाइल्याण्डमा आयोजित एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालकी बक्सर सुष्मा तामाङले रजत पदक जितेकी छन् ।

महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी हुन् । सोवापत सुष्माले थाइ सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी छन् ।

फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् । त्यसअघि भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै सुष्माले ऐतिहासिक प्रदर्शनसहित फाइनल पुगेकी थिइन् ।

एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपटक हो । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै, मुख्य प्रशिक्षक दीपक महर्जनले १ लाख ८० हजार र प्रशिक्षक सन्दिप श्रेष्ठले ६० हजार र संघले १ लाख ८० हजार पाउनेछ । च्याम्पियनसिपमा कास्य जितेका विजय बाटा, हेमा राई र त्रिशा जबेगुले समान ३ लाख पाउने भएका छन् ।

प्रतिक्रिया