मरिससको समुद्री किनारमा अभिनेत्री सुमी र विवेकको इन्गेजमेन्ट (तस्बिरहरु)
अखबार टुडे
प्रकाशित:
२०७९, ११ माघ

काठमाडौं, ११ माघ । ‘डान्सिङ विथ द स्टार्स’ विजेता तथा अभिनेत्री सुमी मोक्तानले मरिसस पुगेर प्रेमी विवेक रावलसँग इन्गेजमेन्ट गरेकी छन् ।

मरिससको जे डब्ल्यु मारियट होटलको समुन्द्री किनारमा उनी यही गएको सोमबार केही आफन्तको उपस्थितमा विवेकसँग औँठी साटासाट गरेर इन्गेजमेन्ट गरेकी हुन् ।

सुमी र विवेक करिब तीन वर्षयता डेटमा थिए । सुमीको पारिवारिक स्रोतका अनसार यो जोडीले चाँडै विवाह गर्ने तयारी गरिएको छ । काठमाडौंमा केही महिनाभित्र भब्य विवाह समारोह आयोजना गर्ने तयारी गरिएको हो ।

विवेक पेशाले व्यवसायी हुन् भने पूर्वमिस तामाङ समेत हुन् । सुमीले ‘सरौतो’ र ‘झ्यानाकुटी’ जस्ता चलचित्रमा अभिनय गरेकी छन् । यस्तै, गीतमा समेत मोडलिङ गरेकी छन् ।

प्रतिक्रिया