बागमतीका नवनियुक्त मन्त्रीले लिए शपथ, कस्लाई कुन मन्त्रालय ?
अखबार टुडे
प्रकाशित:
२०७९, ११ माघ

काठमाडौं, ११ माघ । बागमती प्रदेशका ८ जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार नियुक्त भएका मन्त्रीहरुले बुधबार नै प्रदेश प्रमुख प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ लिएकै दिन गत पुस २६ मा एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा र राप्रपाका उद्धव थापाले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए । बुधबारको मन्त्रिपरिषद् विस्तारमा थापाले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

अघिल्लो मन्त्रिपरिषद्मा बागमती प्रदेशमा १४ मन्त्रालय र १८ मन्त्रिपरिषद् सदस्य थिए । जम्कट्टेलले कार्यभार सम्हालेलगत्तै उनले मन्त्रालय घटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गरेका थिए। कार्यदलले ९ देखि ११ मन्त्रालय कायम गर्न दिएको सुझाव अनुसार ११ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो।

बागमतीमा सरकारको नेतृत्व गरेको माओवादी र नेकपा एमालले चाररचारवटा मन्त्रालय र राप्रपाले तीनवटा मन्त्रालय लिएका छन् । बागमतीमा राज्यमन्त्री हुने छैनन् ।

यस्तो बन्यो बागमतीको मन्त्रिपरिषद्

१. शालिकराम जम्कट्टेल– मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. जगन्नाथ थपलिया– मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
३. उद्धव थापा– मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय
४. गंगानारायण श्रेष्ठ– मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
५. कुमारी मुक्तान– मन्त्री, सामाजिक विकास मन्त्रालय
६. युवराज दुलाल– मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
७. केशवप्रसाद पोखरेल– मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
८. रामेश्वर श्रेष्ठ– मन्त्री, स्वास्थ्य मन्त्रालय
९. एकालाल श्रेष्ठ– मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
१०. डम्बर तामाङ– मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११. राजु विष्ट– मन्त्री, वन तथा वातावरण मन्त्रालय

प्रतिक्रिया