प्रेमप्रसाद आत्मदाह : देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?
अखबार टुडे
प्रकाशित:
२०७९, ११ माघ

काठमाडौं । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघरमा जम्मा भएका युवाहरुको समूहले प्लेकार्डमा सरकार विरोधी रानाहरु लेखेर प्रदर्शन गरेका हुन् ।

आचार्यले आत्महत्या गर्नुमा राज्य दोषी रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी युवाले देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, गरिखान देउ, प्रेमप्रसादको आत्महत्या होइन हत्या हो जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

उनको आत्मदाह पछाडी रहेको आर्थिक, सामाजिक, राजनीतिक कारणको पहिचान गर्नुपर्ने प्रदर्शनकारीको माग छ । उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

आचार्यले मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए । लगत्तै उद्धार गरेर उपचारका लागि कीर्तिपुर पुर्याइए पनि आज बिहान उनको निधन भएको थियो ।

प्रतिक्रिया