नेपाल भ्रमणमा आउँदै अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ११ माघ

काठमाडौं, ११ माघ । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल अर्को साता भ्रमणमा आउने भएका छन् ।अमेरिकाको विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री नुल्यान्ड १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको हो ।

उपमन्त्री नुल्यान्ड बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको भ्रमण गर्दै यहाँको वस्तुस्थिती बुझ्न र नयाँ सरकारसँग सहकार्य गर्नका लागि आउन लागेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

उनले प्रधानमन्त्री दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, परराष्ट्र मन्त्री विमला राई पौड्याललगायतलाई भेटवार्ता गर्ने तय भएको छ ।

प्रतिक्रिया