क्यालिफोर्नियामा फेरि गोली चल्यो, ९ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, १० माघ

काठमाडौं, १० माघ (एजेन्सी) । अमेरिकामा मंगलबाार दुई स्थानमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु भएको छ । गोली प्रहारका घटनामा परि ५ जना गम्भीर घाइते भएका छन् ।

अमेरिकी अधिकारीहरुका अनुसार क्यालिफोर्नियाको तटीय सहर ‘हाफ मुन बे’ मा गोली प्रहारको घटना भएको हो । यो घटनामा ७ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गोली प्रहारमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै अर्को एक घटनामा दुई विद्यार्थी मारिएका छन् । विद्यालयमा चलेको गोली लागेर २ विद्यार्थीको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । यो घटनामा संलग्नलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सान फ्रान्सिस्कोमा गोली प्रहारको तेस्रो घटना भएको छ । उक्त घटनामा मानवीय क्षति बारेको विवरण प्राप्त नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि शनिबार क्यलिफोनियास्थित लस एन्जल्समा भएको गोली प्रहारमा ११ जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न ७२ वर्षीय पुरुषको शव गाडीमा भेटिएको थियो ।

अमेरिकामा हरेक दिनजसो गोली प्रहारका घटना हुने गरेका छन् । सन् २०२२ मा गोली प्रहारबाट ४४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया