सुदूरपश्चिम र कर्णालीमा भारी हिमपात, किसान खुसी (तस्बिरहरू)
अखबार टुडे
प्रकाशित:
२०७९, १० माघ

काठमाडौं, १० माघ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो ।

सिगासका किसान दानसिंह बोहराका अनुसार गएरातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो ।

यस्तै, कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा पनि हिमपात भएको छ । जुम्ला, हुम्ला, मुगु, डोल्पालगायतका जिल्लामा हिमपात भइरहेको छ ।

वर्षा र हिमपातका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

यद्यपि किसानहरु भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसानहरु बताउँछन् ।

प्रतिक्रिया