सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कतिमा हुँदैछ कारोबार ?
प्रकाशित:
२०७९, १० माघ

काठमाडौं, १० माघ । नेपाली बजारमा सुनको मूूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज (मंगलबार) हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ । यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त समयमा सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो ।
आज अघिल्लो कारोबार दिन (सोमबार) को तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ५ हजार ८०० कायम छ ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा १३ सय ६५ रुपैयाँ छ । हिजो १३ सय ८० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
