क्यालिफोनियामा गोली चल्दा कम्तिमा १० जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, ९ माघ

क्यालिफोर्निया, ९ माघ (एजेन्सी) । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा एक बन्दुकधारीले गोली चलाउँदा कम्तिमा १० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । घटनामा अन्य १० जना व्यक्ति घाइते भएका छन् । उनीहरूमध्ये केहीको अवस्था गम्भीर छ ।

उक्त क्लबमा गोली चलाएका संदिग्ध आक्रमणकारी ती व्यक्तिले नजिकैको अर्को क्लबलाई पनि निसाना बनाएका थिए । तर त्यहाँबाट सेतो भ्यानमा भाग्दै गर्दा उनलाई सशस्त्रको टोलीले घेरा हालेको थियो ।

घटना गराउने व्यक्ति ७२ वर्षीय हुउ क्यान ट्रान हुन् ।अधिकारीहरूका अनुसार आक्रमणकारी पनि मारिएका छन् । आक्रमणको कारण खुलेको छैन् । त्यहाँ हजारौँ मानिसहरू भेला भएका बेला गोलि चलेको बताइएको छ ।

अमेरिकामा सन् २०२२ मा गोली लागेर ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्यासम्बन्धी घटना थिए ।

प्रतिक्रिया