कांग्रेसका मुक्ताकुमारीद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता
प्रकाशित:
२०७९, ६ माघ

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसबाट सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहेका छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी छन् ।
यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नुहुने सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भोलि माघ ७ गते दिउँसो १ बजे हुने छ।
प्रतिक्रिया
सम्बन्धित समाचार