रास्वपाकी इन्दिरा मगरले दिइन् उपसभामुखमा उम्मेदवारी
अखबार टुडे
प्रकाशित:
२०७९, ६ माघ

काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगरले प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् । सत्तागठबन्धनका तर्फबाट उनले उपसभामुखमा उम्मेदवारी दिएकी हुन् ।

इन्दिराको प्रस्तावकमा सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन् ।

उपसभामुखको शनिबार निर्वाचन हुँदै छ । यसअघि सोभिता उपसभामुखमा बन्ने चर्चा थियो । तर, अन्तिम अवस्थामा पार्टी उपसभामुखमा इन्दिरालाई अगाडि सारेको हो ।

सत्ता गठबन्धनको सहमतिअनुसार उपसभामुख रास्वपाको भागबन्डा परेको हो । इन्दिरा झापाबाट रास्वपाको समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया