सशस्त्र प्रहरीका ९७ जना एसपीको सरुवा (सूचिसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ६ माघ

काठमाडौं, ६ माघ । सशस्त्र प्रहरी बल नेपालले ९७ जना एसपीको सरूवा भएको छ । बिहीबार ९७ जना एसपीको सरूवा भएको एपिएफका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरूषोत्तम थापाले जानकारी दिए ।

गत कात्तिक १५ गते एपिएफको कर्मचारी प्रशासन शाखाले एसपीको सम्भावित सरूवा सूची प्रकाशन गरेको थियो । अहिले सोहीअनुसार एसपीको सरूवा भएको हो ।

सरूवामा एकपटक पनि कमान्डको जिम्मेवारी प्राप्त नगरेका एसपीलाई पहिलो प्राथमिकतका कार्यालयमा सरूवा गरिएको छ । रिजर्भ गण र तालिम शिक्षालयहरूमा कमाण्ड गरेका एसपीलाई दोस्रो प्राथमिकतामा राखेर सरूवा गरेको प्रधान कार्यालयले जनाएको छ ।

सरूवा पूर्वानुमान सूचीका मुख्य उम्मेदवार रहेका तर विभिन्न स्वदेश तथा विदेशमा तालिमरत र संगठनको आवश्यकताले महत्वपूर्ण जिम्मेवारीमा खटाएका एसपीहरूलाई भने आगामी सूचीमा समावेश गरी खटाउने तयारी छ । ती एसपीको हाल सरूवा नगरिएको एपिएफले जनाएको छ ।

प्रतिक्रिया