भिजिविलिटी कम हुँदा नेपालगञ्जबाट काठमाडौं उडेको विमान भद्रपुरमा अवतरण, मलेसियाबाट आएको कोलकाता डाइभर्ट
अखबार टुडे
प्रकाशित:
२०७९, ६ माघ

काठमाडौं, ६ माघ । त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट भएका छन् भने केही आकाशमै होल्ड गरिएका छन् ।

शुक्रबार बिहान भिजिविलिटी कम हुँदा बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा ल्यान्ड गर्न नसकेपछि झापाको भद्रपुर डाइभर्ट गरिएको थियो ।

चार जना चालक दलका सदस्य र ५२ यात्रु बोकेको जहाज शुक्रबार बिहान नेपालगञ्ज विमानस्थलबाट साढे ७ बजे उडेको थियो । काठमाडौं विमानस्थलमा अवतरण गर्न भिजिबिलिटी नपुगेपछि श्री एयरलाइन्सको ४४० विमान भद्रपुर अवतरण गरेको हो ।

यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भारतको कोलकाता डाएभर्ट गरिएको छ । आरएनए ४१६ जहाज कोलकाता पुगेको हो ।

विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार भिजिविलिटी बढ्दै गएकाले आन्तरिकतर्फका उडान अब केहीबेरमा अवतरण हुने क्रममा छन् ।

प्रतिक्रिया