गृहमन्त्रीलाई प्रश्न- थोत्रा जहाज सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गर्न कुन विधि र प्रक्रियाले रोक्यो ?
प्रकाशित:
२०७९, ५ माघ

काठमाडौं, ५ माघ । जनमत पार्टीका अध्यक्ष सिके राउतले थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गरी छानबिन गर्न गृहमन्त्री रवि लामिछानेलाई माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मोटरसाइकल दुर्घटना हुँदा चालकलाई हिरासतमा लिई अनुसन्धान थाल्ने प्रहरीले जहाज दुर्घटना हुँदा समेत उडान अनुमति दिनेलाई पक्राउ नगरेको भन्दै प्रश्न उठाए ।
उनले ‘पुरानाभन्दा पुराना थोत्रा जहाज ल्याएर सञ्चालनमा ल्याउने सञ्चालक, अनुमति दिने टोली र उडान अनुमति दिने टोलीलाई पक्राउ गरी छानबिन गर्न कुनचाहिँ विधि र प्रक्रियाले रोकेको छ ? । या त भन्नुप¥यो सानालाई ऐन र ठूलालाई चैन ।’
प्रतिक्रिया
सम्बन्धित समाचार
