नेमकिपालाई प्रमुख प्रतिपक्षी दल तोक्न सांसद प्रेम सुवालको माग
अखबार टुडे
प्रकाशित:
२०७९, ५ माघ

काठमाडौं, ५ माघ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफूलाई प्रमुख प्रतिपक्षी दल तोक्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबभन्दा ठूलो पार्टी आफ्नो दल भएको बताए ।

उनले कानुनी व्यवस्था अनुसार प्रमुख प्रतिपक्षी पार्टी नेमकिपा भएको दाबी गरेका हुन् । संघीय कानुन बमोजिम विपक्षी दल तोकेर मात्र संसद चलाउनुपर्ने उनको माग छ । सत्ता पक्षसँग पदको साझेदारी गर्ने दल प्रमुख प्रतिपक्षी बन्न नसक्ने उनको तर्क छ ।

चीनमा चिनियाँ कम्युनिस्ट पार्टी बाहेक ८ वटा दल रहेको र उनीहरुलाई सरकारका सहयोगी दल भन्ने गरिएको भन्दै उनले नेपालमा पनि यस्तै राजनीतिक प्रणाली ल्याउन खोजिएको हो भनेर प्रश्न गरेका छन् ।

प्रतिक्रिया