न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने
अखबार टुडे
प्रकाशित:
२०७९, ५ माघ

काडमाडौं, ५ माघ (एजेन्सी)। न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना पदबाट राजीनामा दिने घोषणा गरेकी छन् ।

बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन् । उनले आगामी चुनाव पनि नलड्ने बताएकी छन् ।

उनले एक कार्यक्रमलाई सम्बोधन गर्दै फेब्रुअरी ७ सम्म आफ्नो लेबर पार्टीको नेताबाट राजीनामा दिने जानकारी दिइन् । उनले अब के गर्ने भन्ने व्यवसायिक रूपमा कुनै योजना नभएको भन्दै भविश्यबारे विचार गर्न समय निकालेको प्रस्ट पारिन् ।

उनले राजीनामा दिएपछि भावी दलको नेताको लागि चुनाव हुनेछ । न्युजिल्याण्डमा आम निर्वाचन आगामी अक्टोबर १४ मा हुँदैछ । सोही निर्वाचनबाट जितेर आएको प्रतिनिधि अबको त्यहाँको नयाँ प्रधानमन्त्री बन्नेछन् ।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन् ।

प्रतिक्रिया