सभामुखमा उम्मेदवारीपछि घिमिरेले भने- राजनीतिक सहमतिको आधारमा संसदलाई अघि बढाउँछु
अखबार टुडे
प्रकाशित:
२०७९, ४ माघ

काठमाडौं, ४ माघ । सभामुखमा उम्मेदवारी दिएका देवराज घिमिरेले आफू निर्वाचित भए संसदलाई सहमतिको आधारमा अगाडि बढाउने बताएका छन् ।

सभामुखमा उम्मेदवारी दर्ता गरे पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै घिमिरेले भने, ‘विगतको शिक्षालाई लिएर राजनीतिक पार्टीहरुसँग छलफल गरेर सहमतिको आधारमा प्रक्रियालाई अगाडि बढाउँछु । म आरोप प्रत्यारोप पूर्वाग्रह भन्दापनि यथार्थको आधारमा ठीक ढंगले अघि बढ्छु ।’

उनले सभामुख कार्यकारीको छायाँ भएको भन्ने आरोपहरू लाग्ने गरेपनि अब सभामुखको भूमिका निष्पक्ष र प्रभावकारी हुने बताए । उनले आफनो जित सुनिश्चित भएको दाबी समेत गरे ।

घिमिरेको प्रस्तावकका रूपमा एमालेका सुवासचन्द्र नेम्वाङ रहेका छन् । त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया