माओवादी नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने
अखबार टुडे
प्रकाशित:
२०७९, ४ माघ

काठमाडौं, ४ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । ललितपुको सुमेरु सिटी अस्पतालमा उपचारत पुनलाई चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाएका हुन् ।

लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माका अनुसार ८० प्रतिशत कलेजो बिग्रिसकेकाले केही हप्ता वा महिनामा कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ ।

डा. शर्माका अनुसार प्रत्यारोपण कहाँ गर्ने भन्ने बिषयमा छलफल भइरहेको छ । हाल नेपालमा पनि कलेजो प्रत्यारोपण सम्भव रहेको उनको भनाइ छ । यसभन्दा अगाडि चीनमा स्वास्थ्य उपचार गराइरहेका पुनको स्वास्थ्य अवस्था स्थिर रहेको डा. शर्माले जानकारी दिए ।

शर्माका अनुसार पुनलाई विश्वमा बिरलै देखिने जटिल प्रकृतिको वंशाणुतग रूपमा रहेको जण्डिस देखिएको छ । नेपालमा कलेजो प्रत्यारोपण गर्न ३० देखि ४० लाख खर्च हुने गरे पनि भारतमा गर्दा भने ५० देखि ६० लाख खर्च हुने शर्माले बताए ।

अरु देश हेरेर खर्च लाग्ने बताइएको छ । कलेजो प्रत्यारोपण गर्दा कुनै समस्या नआएमा डेढ महिना लाग्छ । त्यसपछि २ महिना जति रेष्ट गर्नुपर्छ शर्माले बताए ।

प्रतिक्रिया