ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतक
अखबार टुडे
प्रकाशित:
२०७९, ४ माघ

काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् ।

राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट विजयी प्रतिनिधिसभा सांसद हुन् । तत्कालीन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका शाही प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने पनि चर्चा थियो ।

तर, अध्यक्ष लिङ्देनले मन्त्रीमा पाका अनुहारलाई रोजेर शाहीलाई संसदीय जिम्मेवारी सुम्पिएका छन् ।

प्रतिक्रिया