देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय
प्रकाशित:
२०७९, ४ माघ

काठमाडौं, ४ माघ । नेकपा एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुखमा घिमिरेलाई अघि सार्ने निर्णय भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।
प्रतिनिधिसभाको सभामुखका लागि बिहीबार बिहान ११ बजे निर्वाचन तय भइसकेको छ । त्यसका लागि आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन छ ।
सत्ता गठबन्धनको सहमतिअनुसार सभामुख एमालेको भागमा परेको छ । सोहीअनुसार पार्टीले घिमिरेलाई सभामुखमा अगाडि सारिएको नेम्बाङले बताए ।
प्रतिक्रिया