माओवादीका भीम भण्डारी तेस्रो पटकको मतदानबाट निर्वाचित भए सुदूरपश्चिमको सभामुखमा
अखबार टुडे
प्रकाशित:
२०७९, ३ माघ

काठमाडौं, ३ माघ । नेकपा माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेश सभामुख निर्वाचित भएका छन् । तीन पटकको मतदानपछि आज माओवादीका भण्डारी सभामुख निर्वाचित भएका हुन् ।

भण्डारीले २९ मत पाउँदा नेपाली कांग्रेसका मानबहादुर रावलले २० मत पाए । आज ५२ जना सांसदले मतदानमा भाग लिएका थिए ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निवार्चित हुन २७ मत आवश्यक पर्दथ्यो । तर, यस अघि प्रदेशमा सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन हुन नसकेको हो ।

आजको बैठकमा भने नागरिक उन्मुक्ति पार्टीले सत्ता साझेदार दल माओवादीलाई मत दिने निर्णय गरेको थियो । संविधानले दिएको समय सीमा हिजै सकिए पनि पोखरामा भएको विमान दुर्घटनाका कारण सरकारले देशभर शोक बिदा दिइएको थियो । सोही कारण हिजोको बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया