मन्त्रीहरुको सपथग्रहण हुँदै, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ३ माघ

काठमाडौं, ३ माघ । सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । नवनियुक्त मन्त्रीहरुको अहिले १ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण हुँदैछ ।

सोमबार सत्ता साझेदार दलहरूबीच भएको सहमति अनुसार एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३/३ र जनमत पार्टीले १ मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् । जसपालाई दुई मन्त्रालय छुट्याइए पनि उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ ।

यस्तो छ प्रचण्ड नेतृत्वको प्रस्तावित मन्त्रिपरिषद

प्रधानमन्त्रीः पुष्पकमल दाहाल
उपप्रधानमन्त्री:
बिष्णु प्रसाद पौडेल, अर्थ
नारायणकाजी श्रेष्ठ, भौतिक पुर्वाधार
रवि लामिछाने, गृह
राजेन्द्र लिङदेन, उर्जा

मन्त्रीहरु:
एमालेबाट
पदम गिरी- स्वास्थ्य
डा. विमला राई पौडेल- परराष्ट्र
हरि उप्रेती- रक्षा
ज्वाला कुमारी साह- कृषि
भगवती चौधरी- महिला बालबालिका
दामोदर भण्डारी- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
राजेन्द्र राई- भूमि व्यवस्था तथा सहकारी

माओवादीबाट
रेखा शर्मा- सञ्चार
सुदन किराती- पर्यटन
अमनलाल मोदी- सामान्य प्रशासन

रास्वपाबाट
शिशिर खनाल- शिक्षा
डिपी अर्याल- श्रम तथा रोजगार

राप्रपाबाट
विक्रम पाण्डे- सहरी विकास
ध्रुव प्रधान- कानून

जनमतबाट
अब्दुल खान,

राज्यमन्त्री
डा. तोसिमा कार्की, स्वाथ्य
दिपकबहादुर सिंह- ऊर्जा

पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदा तीन जना उपप्रधानमन्त्रीले सपथ लिएका थिए । उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री, विष्णु पौडेल अर्थ मन्त्री र रवि लामिछाने गृह मन्त्री भएका थिए ।

प्रतिक्रिया