सत्तारुढ दलबीच मन्त्रालयको भागवण्डा : कसको भागमा कति ?
अखबार टुडे
प्रकाशित:
२०७९, २ माघ

काठमाडौं, २ माघ । सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा लगभग टुंगिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलले मन्त्रालय भागवण्डा लगभग टुंगिएको हो ।

भागवण्डा अनुसार सरकारको नेतृत्व गरेको माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ । त्यस्तै नेकपा एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री लिनेछ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ मन्त्री लिने लगभग सहमति जुटेको छ ।

राप्रपाले उर्जासहित २ र जनता समाजवादी पार्टी (जसपा) ले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ । जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई एक/एक मन्त्रालय छुट्याइएको छ । ओली र प्रण्डबीच ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डाको खाका बनेको हो ।

प्रतिक्रिया