बलि दिन भन्दै मामाले गरे घाँटी रेटेर भान्जाको हत्या
अखबार टुडे
प्रकाशित:
२०७९, २ माघ

सल्यान, २ माघ । सल्यानमा आफ्नै मामाले घाँटी रेटेर भान्जाको हत्या गरेका छन् ।

आइतबार बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले ८ वर्षीय बालक भिजन घर्तीको घाँटी रेटेर हत्या गरेका हुन् ।

घरको आँगनमा रहेको मन्दिरमा पुरीले खुर्पा प्रहार गरी भान्जा भिजनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

स्थानीयले मानसिक सन्तुलन ठीक नभएको तथा देवीदेवताले मागेको भन्दै मन्दिरमा भाञ्जाको बली दिएको प्रहरीलाई बयान दिएका छन् ।

आइतबार दिउँसो २ बजे हत्या भएको खबर आएपछि इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले पुरीलाई पक्राउ गरेको थियो ।

पुरीले हत्या गरेर बालकको शव मन्दिरभित्रै गाडेका थिए । मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया