अफगानिस्तानमा पूर्व सांसदको गोली हानी हत्या
अखबार टुडे
प्रकाशित:
२०७९, २ माघ

काठमाडौं, २ माघ (एजेन्सी) । अफगानिस्तानमा पूर्व सांसदको गोली हानी हत्या गरिएको छ । आइतबार राजधानी काबुलस्थित आफ्नै घरमा पूर्व सांसद मुर्सल नाबिजादामाथि गोली हानी हत्या गरिएको हो ।

घरमा प्रवेश गरेका बन्दुकधारीको समूहले उनको अङ्गरक्षकलाई गोली हाने लगत्तै हत्या गरेका थिए । घटनामा उनका सुरक्षा गार्ड मारिएका छन् भने उनका भाइ घाइते भएका छन् । काबुल प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ ।

३२ वर्षकी मुर्सल नाबिजादा ती महिला सांसदमध्ये एक हुन् जसले तालिबान सरकारमा फर्किँदा पनि देश छोड्ेका थिएनन् । सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गर्नुअघिसम्म नविजादा अफगानिस्तानकी सांसद थिइन् । उनी सन् २०१८ मा काबुलबाट तत्कालीन संसदको तल्लो सदनका लागि निर्वाचित भएकी थिइन् ।

तालिबानहरू सत्तामा आएपछि अफगानिस्तानमा महिलाहरूलाई सार्वजनिक जीवनमा निषेध गरिएको छ । छात्राहरूलाई विद्यालयदेखि विश्वविद्यालयसम्म प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया