
काठमाडौं, १ माघ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरीस्थित सेती नदीको खोँचमा भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको हो ।
जसमा एघार जनाको सनाखत भएको बताइएको छ । सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा। सुशील श्रेष्ठ, डा। सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् । यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।
विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।
विमानमा ५३ जना नेपाली र १५ जना विदेशी सवार थिए । दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १र १ जना रहेका छन् ।
