यी हुन् ७१औँ मिस युनिभर्स, टप १६ मा पनि पुगिनन् नेपालकी सोफिया
अखबार टुडे
प्रकाशित:
२०७९, १ माघ

काठमाडौं, १ माघ । ‘मिस युनिभर्स–२०२३’को उपाधि अमेरिकाकी रबोनी ग्राबियलले जितेकी छन् । नेपाली समयानुसार आइतबार बिहान सम्पन्न फिनालेमा फेसन डिजाइनरसमेत रहेकी ग्रावियन ७१औं मिस युनिभर्स बन्न सफल भएकी हुन् ।

उनलाई गत वर्षकी विजेता हर्नाज सन्धुले ताज पहि¥याइदिइन् । फेसन डिजाइनिङमा पोख्त २८ वर्षीया ग्राबियल ह्युस्टन, टेक्ससकी बासिन्दा हुन् । अमेरिकन सञ्चारमाध्यमले जनाएअनुसार भेनेजुएलाकी अमान्डा डुडामेल फस्ट रनरअप, डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज फ्युनियर सेकेन्ड रनरअप घोषित भए ।

विजयी घोषित ग्राबियल ‘मिस युनिभर्स’को उपाधि जित्ने पहिलो फिलिपिनो अमेरिकी हुन् । अमेरिकामा उनी फेसन डिजाइनर, मोडल र सिलाई प्रशिक्षकसमेत बताइएको छ ।

यो प्रतियोगितामा नेपालबाट सोफिया भुजेलले भाग लिएकी थिइन् । तर उनी अन्तिम १६ मा समेत पर्न सकिनन् । एसियाली मुलुक थाइल्याण्डकी अर्बपति एनी जक्काफिङ जक्रजुटाटिपले स्वामित्व ग्रहण गरेयता पहिलोपटक अमेरिकाको न्यु अर्लियन्समा मिस युनिभर्सको ७१औं संस्करण सम्पन्न भएको हो ।

प्रतिक्रिया