यी हुन् दुर्घटनाग्रस्त यतिको विमानमा सवार यात्रु (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, १ माघ

पोखरा, १ माघ । पोखरामा आइतबार बिहान दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु र चालक दलका चारजना सदस्य सवार रहेको खुलेको हो ।

आइतबार बिहान काठमाडौँबाट पोखरा उडेको ९ एन–एएनसी एटीआर जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा ३६ जनाले ज्यान गुमाएको बताइएको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिएको जानकारीअनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये १० जना विदेशी नागरिक थिए । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन् ।

नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची:

नोट : अपडेट गरिएको

प्रतिक्रिया