६८ जना यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना
प्रकाशित:
२०७९, १ माघ

काठमाडौं, १ माघ । यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ विमान पुरानो विमानस्थल नजिकै नयाँगाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन । स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । अहिले घटनास्थलतर्फ हेलिकप्टरमा उद्धार टोली जाँदै गरेको छ ।
विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।
प्रतिक्रिया
सम्बन्धित समाचार
