यातायात कार्यालयका प्रमुखविरूद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा
अखबार टुडे
प्रकाशित:
२०७९, २९ पुष

काठमाडौं, २९ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोग ताहाचलमा कार्यरत शाखा अधिकृत गणेशप्रसाद पोखरेविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले अधिकृत पोखरेलसँग भएको १ करोड ६ लाख ३३ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा हालेको हो ।

पोखरेल यसअघि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चावहिलका निमित्त कार्यालय प्रमुख थिए । स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा हालेको हो ।

प्रतिक्रिया