बागमती प्रदेशको सभामुखमा भुवन पाठक निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, २९ पुष

हेटौंडा, २९ पुस । बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् ।

राप्रपाका केन्द्रीय महामन्त्रीसमेत रहेका पाठकले ६२ मत पाए । उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

यसअघि प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारीले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया