राप्रपाले ३ मन्त्रालय पाउने, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने
प्रकाशित:
२०७९, २९ पुष

काठमाडौं, २९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । राप्रपा ३ मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको हो ।
राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारीमा सहभागी हुने तय भएको बताइएको छ । राप्रपाले यीबाहेक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेत पाउने बताइएको छ ।
अर्को एक मन्त्रालयको भने अझै टुंगो लागेको छैन । राप्रपाले भूमि व्यवस्था मागे पनि गठबन्धनका अन्य दलहरुले शहरी विकास मन्त्रालय लिन भनिरहेको बुझिएको छ । शनिबार र आइतरबार दुई दिन बिदा भएका कारण मन्त्रिपरिषद् विस्तार सोमबारसम्म गर्ने बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार