‘सिङ्जाङ्गो फूङ’मार्फत फक्रिइन् तेह्रथुमकी गायिका कमला लिम्बू (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष

काठमाडौं, २७ पुस । एक समय पुर्वेली लोक भाकाले नेपाली संगीत बजारमा वर्चश्व जमाएको थियो । जतिखेर नेपाली दर्शक तथा श्रोता पश्चिमा हिप्पी संगीतमा रमाइरहेका थिए ।

अहिले लोक संगीतको ट्रेण्ड चलिरहेको छ । यससँगै लिम्बू भाषाको गीतसंगीत विशेषगरी पालम र ख्यालीले पनि दर्शक श्रोताको मन जितिरहेको छ । यसको श्रेय डिजिटल फर्म युट्युब पनि हो ।

यसै सिलसिलमा नवोदित गायिका कमला लिम्बू (हुक्पा चोङबाङ) पनि मातृभाषा गीतमार्फत संगीत क्षेत्रमा उदाएकी छन् । त्यसो त नेपाली संगीतको मूलधार भनिने नेपाली आधुनिक गीतमा समेत दख्खल राख्ने कमलाको लिम्बू भाषाको ‘सिङ्जाङ्गो फूङ’ बोलको गीत सार्वजनिक भएको छ ।

गायनलाई पेसा भन्दा पनि रहर र रुचीका रुपमा लिँदै आएकी कमला यसअघि शोसल मिडिया समूलेमा गाउँदै आएकी थिइन् । त्यहीबाट चर्चामा आएकी कमलाले केही नेपाली र लिम्बू भाषाका गीत रेकर्डिङ गरिसकेकी छन् । तीमध्येका गीतको हो, ‘सिङ्जाङ्गो फूङ’ ।

बुधबार ‘पूर्णिमा केरुङ अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा कमलासँगै सम्बीराज लिम्बूको स्वर रहेको छ । प्रदीप तुखेसाको शब्दरचना रहेको यस गीतमा संगीत राज रोबर्टको रहेको छ ।

स्टुडियो भिडियोका रुपमा ल्याइएको यो गीत भाषामा लिम्बू भएपनि पूर्वेली लोकभाकालाई फ्य्जन गरिएको छ । जसले दर्शकको मन जित्नेमा निर्माणपक्ष ढुक्क छन् ।

तेह्रथुम खाम्लालुङकी गायिका कमला लिम्बू भन्छिन्, ‘यो मेरो गीतसंगीत प्रतिको प्रयासमा दर्शक श्रोताका माया र हौसलाको अपेक्षा गरेकी छु ।’ उनले चाँडै नै आफ्नो नेपाली भाषाको आधुनिक सेसन्मेट गीत आउने समेत जानकारी गराएकी छन् ।

भिडियो हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुस्

प्रतिक्रिया