निर्णयको ‘ब्रिङ डा हाउस डाउन विथ निर्णय एनएसके’ले मनायो २४औँ वार्षिकोत्सव
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष

काठमाडौं, २७ पुस । चर्चित र्यापर गायक निर्णय क्षेत्रको रेडियो कार्यक्रम ‘ब्रिङ डा हाउस डाउन विथ निर्णय एनएसके’ले २४औँ वार्षिकी एक कार्यक्रमबीच मनाएको छ । निर्णयले उक्त कार्यक्रम ईमेज एफएम ९७.९ मेगाहर्जमा २४ वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएका हुन् ।

२४औँ वार्षिकोत्सव गएको सोमबार भक्तपुरस्थित सिलौटो पार्टी भेन्यूमा एक कार्यक्रमबीच मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद इन्दिरा राना मगरले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्दै निर्णय एनएसकेलाई बधाई दिएका थिए ।
साथै, ईमेजका सिईओ डा. महेन्द्र विष्टले पनि निर्णयलाई बधाई दिँदै सामाजिक सेवासँगै गीतसंगीतमा सक्रिय रहेकोमा निरन्तरताको शुभकामना दिए । यस्तै, वरिष्ठ पत्रकार हरि गोपाल प्रधानले पनि निर्णयलाई दोसल्ला र फुलमाला पहिराइ दिएर बधाई तथा शुभकामना दिए । साथै, कार्यक्रममा हरि गोपालले आफ्नो नयाँ गीत ‘चन्द्रसूर्य’को कप ‘मायाको चिनो’स्वरुप सम्पूर्ण अतिथिहरुलाई वितरण गरेका थिए ।

कार्यक्रमका अर्को अतिथि सामाजिक अभियन्ता सुमन सायमीले निर्णयको गीत सानैदेखि सुनेको बताउँदै उनको समाजसेवाको प्रशंसा गरेका थिए । कार्यक्रममा गायिका विष्णु चेम्जोङ, जेनिशा महर्जन, उडी बाबा, सिड वाग्ले, पाक्सो, भरत सामरी, प्रशान्त मिस्टलगायतले प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया