कर्णालीमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने
प्रकाशित:
२०७९, २७ पुष

सुर्खेत, २७ पुस । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् ।
एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।
प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वले निर्णय गरे पनि प्रदेशमा त्यसलाई उल्ट्याइएको हो । एमाले र माओवादी केन्द्रबीच यस्तो सहमति भएसँगै मुख्यमन्त्रीका लागि दाबी पेस गर्न जाने तयारी भइरहेको छ । प्रदेश प्रमुख समक्ष माओवादी केन्द्रका राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार