नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार सुरु
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष

काठमाडौं, २७ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको मर्जरपछि आज (बुधबार) देखि एकीकृत कारोबार सुरु भएको छ । दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जनाएको छ ।

१००ः९० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगाल बैंक मर्ज भएका हुन् । इन्भेष्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन । अब मेगा बैंकको १०० कित्ता सेयर हुने हरूको घटेर ९० कित्ता हुनेछ ।

मर्जरपछि बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकका ज्योतिप्रकाश पाण्डे छन् । कोर बैंकिङ सिस्टम पनि हाल नेपाल इन्भेष्टमेन्ट बैंकले प्रयोग गरिएको छ ।

मर्जरपछि बैंकको कूल पूँजीकोष ५८ अर्ब र कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ, कूल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ, कूल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ ।

यस्तै शाखा सञ्जाल २५७, एक्सटेन्सन काउन्टर ५९ र एटीएम संख्या २७५ पगेको छ । त्यस्तै ग्राहक संख्या ३० लाख पुगेको बैंकले दाबी गरेको छ ।

प्रतिक्रिया