फिल्म आरआरआरको ‘नाटू-नाटू’ गीतले जित्यो गोल्डेन ग्लोब अवार्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष

काठमाडौं, २७ पुस (एजेन्सी) । एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटू–नाटू’ गीतले गोल्डेन ग्लोब अवार्डस्मा बेस्ट ओरिजिनल सङ्स मोशन पिक्चरको उपाधि जितेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डस् समारोहमा जुनियर एनटीआर र रामचरण फिचर्ड ‘नाटू–नाटू’ गीतले उक्त उपाधि जितेको हो ।

फिल्ममा जुनिएर एनटीआर र राजमचरण मुख्य भूमिकामा छन् । यो तेलुगु गीतलाई एमएम कीरवणीले कम्पोज गरेका हुन् । चन्द्रबोसले यसको शब्द रचना गरेका थिए । राहुल सिपलीगन्ज र काल भैरवले गीतमा स्वर दिएका छन् ।

यसपटकको अवार्ड सामारोहमा आरआरआरलाई सर्वश्रेष्ठ गैर–अंग्रेजी फिल्मको विधामा पनि नोमिनेट गरिएको थियो । यद्यपि एउटा विधामा मात्रै पुरस्कार जित्न सफल भयो । यो पुरस्कार अर्जेन्टिनाको फिल्मलाई दिइएको छ ।

प्रतिक्रिया