ओलीको आशंका- कांग्रेसको समर्थन जालझेलको ढोक्सा त होइन ?
अखबार टुडे
प्रकाशित:
२०७९, २६ पुष

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आशंका व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि जारी छलफलमा भाग लिने क्रममा अध्यक्ष ओलीले कुनै फाइदाका लागि कांग्रेसले विश्वसाको मत दिएको हो भने त्यो सफल नहुने बताए ।

ओलीले भने– ‘यदि यो समर्थन कुनै जाल होइन भने, ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने, जाल हो भने भन्न चाहान्छु, माछा नभएको नदीमा जाल फ्याँकेको छ । यसभित्र भोलिका निम्ती अरु खालको विशेष आग्रह सोचिएको छ भने ढोक्सा रित्तै हुने छ । त्यो ढोक्सा थापिएको खोला वा खोल्सीबाट कुनै माछा बग्ने छैनन् ।’

अध्यक्ष ओलीले कांग्रेसको समर्थनभित्रसदाशयता छ भने स्वागतयोग्य रहेको धारणा राखेका छन् ।

प्रतिक्रिया