निषेधित क्षेत्रमा हेलिकप्टर गएपछि…
अखबार टुडे
प्रकाशित:
२०७९, २६ पुष

काठमाडौं, २६ पुस । निषेधित क्षेत्रमा हेलिकप्टर गएपछि संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा हेलिकप्टरलाई नियन्त्रणमा लिइएको छ ।

अनुमति लिएको रूटअनुसार नचलाएर निषेधित क्षेत्रमा गएपछि प्रहरीले एक घण्टाका लािग हेलिकप्टर र पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान अल्टिच्युट एयरको ९ एन एएमएक्स हेलिकप्टर जेनेरेटर लिएर काठमाडौंबाट उडेको थियो । पाइलटले खाँदबारीमा रोकेर भोटखोलाको हटिया लग्नुपर्ने थियो । तर उनले चेकिङ नगराइ सिधै भोटखोला लगेर ल्यान्ड गरेको बताइएको छ ।

प्रहरीले उनीमाथि आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई पत्र लेख्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया