प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, ४ जनाको असहमति
अखबार टुडे
प्रकाशित:
२०७९, २६ पुष

काठमाडौं, २६ पुस । नेपाली कांग्रसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यस निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका बताइएको छ । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननर सिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।

प्रतिक्रिया