एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल
अखबार टुडे
प्रकाशित:
२०७९, २६ पुष

काठमाडौं, २६ पुस । नेकपा एमाले परित्याग गरेर मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

भुसालले केही दिनभित्रै एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेका हुन् । भुसालले नेकपा एसमा महासचिव मागेका छन् । तर, उनलाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी रहेको बताइएको छ ।

भुसालले आफूसँगै एमालेका केही नेता कार्यकर्ता पनि एकीकृत समाजवादीमा लैजान पहल गरेका छन् । भुसालनिकट केही युवा विद्यार्थी भने नेकपा एसमा जाने बताइएको छ ।

प्रतिक्रिया