संसद बैठक सर्‍यो
अखबार टुडे
प्रकाशित:
२०७९, २६ पुष

काठमाडौं, २६ पुस । प्रतिनिधिसभाको बैठक दुई घण्टा पछाडि सरेको छ । आज (मंगलबार) बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि दिउँसो १ बजेलाई सारिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन ।कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ ।

त्यस्तै एकीकृत समाजवादीको आजै बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रतिक्रिया