इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो, कहाँ पुग्न कति ?
अखबार टुडे
प्रकाशित:
२०७९, २५ पुष

काठमाडौं, २५ पुस । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै आन्तरिक हवाई भाडा पनि घट्ने भएको छ ।

निगमले आन्तरिक हवाई इन्धनको मूल्य २० रुपैयाँ घटाएसँगै हवाई भाडा पनि घटेको वायुसेवा सञ्चालक संघले जनाएको हो । घटेको हवाई भाडा पुस २७ गतेदेखि लागू हुने वायुसेवा संघले जनाएको छ ।

परिमार्जित भाडादरमा सबैभन्दा धेरै भाडा घट्नेमा काठमाडौं–धनगढी रुटमा ८८५ रुपैयाँ रहेको छ भने कम भाडा दर घट्नेमा काठमाडौं–सिमरा रुटमा १८० रुपैयाँ घटाइने भएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले हवाई इन्धन आन्तरिकतर्फ २० र बाह्यतर्फ करिब ३० रुपैयाँ घटाउने निर्णय गरेको थियो । नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० रुपैयाँ पर्नेछ ।

त्यस्तै, हवाई इन्धन बाह्यतर्फ प्रतिलिटर १८७ रुपैयाँ ८५ पैसा (१.४२ अमेरिकी डलर) पर्ने जनाएको छ । हवाई इन्धनको मूल्य भारी घटे पनि निगमलाई अझै आन्तरिकतर्फ लिटरमा २० र बाह्यतर्फ ७० रुपैयाँ नाफा छ ।

हेर्नुहोस् हवाई भाडामा कति घट्यो ?

प्रतिक्रिया