ब्राजिलमा प्रदर्शनकारीद्वारा संसद, राष्ट्रपति भवन र अदालतमा आक्रमण
अखबार टुडे
प्रकाशित:
२०७९, २५ पुष

रियो दि जेनेरियो, २५ पुस (एजेन्सी) । ब्राजिलका चरम दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोका सयौं समर्थकहरूले प्रहरी अवरोध तोडेर संसद, राष्ट्रपतिको दरबार र सर्वोच्च अदालतमा आक्रमण गरेका छन् ।

प्रदर्शनकारीहरूले आइतबार सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका सीएनएनले ब्राजिलको स्थानीय मिडियालाई उद्धृत गर्दै लेखेको छ ।

झण्डाको हरियो र पहेंलो लुगा लगाएका प्रदर्शनकारीहरूको सागर राज्यका तीन वटै शक्तिमा पुगेर हमला गरेका थिए । चकित पार्ने तस्बिरहरूले सन् २०२१ को ६ जनवरीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी क्यापिटल भवनमा गरेको आक्रमणलाई झल्को दिएको थियो ।

दक्षिणपूर्वी शहर अराराक्वारामा गम्भीर बाढीले प्रभावित क्षेत्रको भ्रमण गरेका लुलाले ब्राजिलियामा संघीय हस्तक्षेप घोषणा गर्दै आफ्नो सरकारलाई राजधानीमा कानून र व्यवस्था पुनर्स्थापना गर्न विशेष अधिकार दिएका थिए । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आक्रमणलाई तानाशाही भन्दै त्यसको निन्दा गरेका छन् ।

प्रतिक्रिया