बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन: विचार र मुद्दा मिल्ने पार्टीसँग एकीकरण आवश्यक (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०७९, २४ पुष

काठमाडौं, २४ पुस । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विचार र मुद्दा मिल्ने पार्टीबीच एकीकरण हुनुपर्ने बताएका छन् ।

आइतबार पार्टीको राजनीतिक समितिको बैठकमा उनले ११ पृष्ठको प्रतिवेदन पेश गर्दै देशमा राजनीतिक स्थायित्व, शान्ति, समृद्धिका लागि समुन्नत समाजवादमा आधारित एउटा सशक्त समाजवादी केन्द्रको आवश्यकता रहेको बताएका हुन् ।

भने जस्तो अग्रगामी, प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको समाजवादी पार्टी निर्माणका लागि थुप्रै चुनौतिहरु रहेको र एक्लैले ती चुनौतिहरु समाना गर्न सम्भव नरहेको उनको धारणा छ ।

त्यसका लागि मुद्दा मिल्ने पक्ष, समूह, व्यक्ति र व्यक्तित्वहरुसँग सहकार्य गर्दै जानुपर्ने र ‘विचार र मुद्दा’ मिल्नेहरुसँग पार्टी एकीकरण गर्न आवश्यक रहेको प्रतिवेदनमा भनिएको छ ।

विभिन्न पक्ष, समूह, व्यक्ति र व्यक्तित्वहरुसँग संवाद गर्न पार्टीभित्र एउटा औपचारिक संवाद समिति बनाउनुपर्ने डा भट्टराईको प्रस्ताव छ । ‘पार्टी एकीकरण, ध्रुवीकरणबारे आवश्यक निर्णय र कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय कार्यकारिणी समितिलाई दिनुपर्दछ’, उनले भनेका छन् ।

हेर्नुहोस् पूर्णपाठ:

प्रतिक्रिया