एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ करोबार ?
अखबार टुडे
प्रकाशित:
२०७९, २४ पुष

काठमाडौं, २४ पुस । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य आइतबार १ हजार रूपैयाँले बढेर १ लाख ३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आइतबार १५ रूपैयाँले बढेर १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया