काठमाडौं आइपुगे नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ
प्रकाशित:
२०७९, २४ पुष

काठमाडौं, २४ पुस । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ काठमाडौं आइपुगेका छन् ।
चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा सोङलाई नियुक्त गरेको थियो ।
स्वास्थ्यमा समस्या आएपछि राजदूत सोङ निर्धारित मितिभन्दा करिब दुई हप्ता ढिला नेपाल आएका हुन् । यसअघि उनी १२ पुसमा काठमाडौं आउने तालिका थियो ।
सोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायतका चिनियाँ दूतावासका अधिकारीले स्वागत गरेका छन् । उनी केही दिन क्वारेन्टीनमा बस्ने बताइएको छ ।
उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन् । नयाँ राजदूत छन् सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन् । उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन् ।
प्रतिक्रिया