राष्ट्रियसभा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
अखबार टुडे
प्रकाशित:
२०७९, २४ पुष

काठमाडौं, २४ पुस । निर्वाचन आयोगले आगामी माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो ।

लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि माघ २५ गते उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ । हरेक निर्वाचनअघि आयोगले दल दर्ताका लागि आह्वान गर्ने र निर्वाचनमा सहभागी हुने दलले दर्ता गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया